आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एलएस होराइजन १२ म्युचुअल फन्ड ल्याउँदै लक्ष्मी सनराइज

एलएस होराइजन १२ म्युचुअल फन्ड ल्याउँदै लक्ष्मी सनराइज

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फन्डअन्तर्गत ‘एलएस होराइजन १२’ नामक नयाँ योजना सञ्चालनमा ल्याउने तयारी भएको छ।

    यस योजना सञ्चालनका लागि व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग गर्दै औपचारिक निवेदन दिएको हो।

    धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएलगत्तै क्यापिटलले ‘एलएस होराइजन १२’ योजना सार्वजनिक गर्नेछ। उक्त म्युचुअल फन्ड योजना बन्दमुखी हुनेछ, जसमा कुल १२ करोड इकाइहरू बिक्रीमा ल्याइनेछ। प्रत्येक इकाइको अंकित मूल्य १० रुपैयाँ तोकिएको छ, जसअनुसार यो योजना १ अर्ब २० करोड रुपैयाँ बराबरको हुनेछ।

    यस योजनाको कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको छ। योजनाले नियामक स्वीकृति पाएपछि लगानीकर्ताहरूले निश्चित अवधिको लागि उक्त म्युचुअल फन्डमा लगानी गर्न पाउनेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij