आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । पोखरा २२ स्थित विश्व शान्ति स्तूपको नजिकै बुधबार दिउँसो नगरबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ग १ ख ३८ ८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो।

    दुर्घटनामा २८ जना भारतीय जना यात्रु घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेले जानकारी दिइन् । उनका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

    दुर्घटनास्थलमा पोखराबाट एम्बुलेन्सहरू परिचालित भएका थिए । भारतीय पर्यटकले रिजर्भ गरेर लगेको बस अनियन्त्रित भएर पल्टिएको उनले जानकारी दिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij