आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एससीटी र सालपा विकास बैंकबिच सम्झौता

एससीटी र सालपा विकास बैंकबिच सम्झौता

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंक लिमिटेडबिच एससीटी–यूपीआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

    स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका हुन् ।

    यस सम्झौता पश्चात् सालपा विकास बैंकका ग्राहकहरूका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी–यूपीआई कार्ड लिन सक्ने छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij