आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडको नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडको नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडको नयाँ शाखा कार्यालयहरु सञ्चालनमा  ल्याएको छ ।

    ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले मिति २०८२ बैशाख ३१ गते स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

    विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष  श्री सुर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँडज्युले संयुक्त रुपमा गर्नुभएको हो । 

    त्यसैगरी,  अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष श्री सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँडज्युले संयुक्त 
    रुपमा गर्नुभएको हो । 

    समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।

    हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij