आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं। ग्लोबल कन्जुमर एक्स्पो २०२५ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरेका हुन्।

    उद्घाटनकै क्रममा पूर्व कप्तान पारस खड्काले यस किसिमको कन्जुमर मेलामा विभिन्न सामाग्रीहरु एकै छानामुनि उपलब्ध हुने भएकाले आफूले पनि स–परिवार सहित एक्स्पो भिजिट गर्ने इच्छा व्यक्त गरे ।

    इभेन्ट्स सोलुसनको आयोजनामा सुरु भएको यस एक्स्पोमा १३० भन्दा बढी स्वदेशी तथा विदेशी स्टलहरु राखिएका छन्। साना तथा मझौला उद्योगहरुलाई बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यो एक्स्पोले व्यवसायिक सम्भावनालाई नयाँ दिशा दिने अपेक्षा गरिएको इभेन्ट्स सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

    Shopping को नयाँ ठेगाना” भन्ने नाराका साथ सुरु गरिएको यो एक्स्पोमा विभिन्न रोचक तथा आकर्षक कार्यक्रमहरू समावेश छन् । यस एक्स्पोमा ग्राहकले एकै छाना मुनि स्वदेशी तथा विदेशी ब्रान्डका सामाग्रीहरु सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

    एक्स्पोको मुख्य आकर्षणका रुपमा १५ भन्दा बढी प्रकारका उत्पादन, १३० बढी स्टल, स्वादिलो फुड स्टल, मनोरञ्जनात्मक प्ले जोन, गिफ्ट ह्याम्परहरु राखिएको छ ।

    यो एक्स्पो नवप्रवर्तन, उद्यमशीलता र उपभोक्ता प्रवृत्तिको उत्सव रहेको प्रधानले बताए । यस एक्स्पोमा ५० हजार बढी मानिसहरुले भिजिट गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij