आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पोखरामा माइक्रोबस दुर्घटना, तीन जनाको मृत्यु

पोखरामा माइक्रोबस दुर्घटना, तीन जनाको मृत्यु

सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। 

    मृत्यु हुनेमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ छिन्। एक जना पुरुष र अर्की महिलाको सनाखत हुन सकेको छैन। यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो भ्यान पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको हो। 

    तीब्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ८ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij