आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । नेपाली सडकमा सेरेस ईभीको उपस्थिति बाक्लिदै गएको छ । सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिक्री शुरु भएको १६ महिना अबधिमै ५०० बढी ईभी बिक्री भएको जनाएको छ ।

    कम्पनीले बुधबार नक्सालस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिएको हो । चिनियाँ अटो ब्रान्ड सेरेसले हुवावेसंग सहकार्य गरी विभिन्न मोडलका ईभी उत्पादन गर्दै आएको छ । नेपलामा यसको सेरेस३ एसयुभी र मिनी कार उपलब्ध छ ।

    नेपाल आएको छोटो अबधीमै सेरेसले राम्रो उपलब्धी हाँसिल गरेको एमएडब्लु बृद्धिका प्रबन्ध निर्देशक विवेक शिकारियाले बताए ।

    ‘सेरेस३ ले नेपाली ईभी पारखीको विश्वास जित्दै आएको छ । गाडीको बिक्री बढेसंगै हामीले चार्जिङ लगायत पूर्बाधार विस्तारमा समेत उत्तिकै जोड दिएका छौ । हाल हामीसंग नेपालको सबैभन्दा धेरै सिसिएस२ चार्जिङ नेटवर्क छ र यसलाई विस्तार गरेर छिट्टै २०० बढी पु-याउनेलक्ष्य लिएका छौ ’ उनले भने ।

    कम्पनीले हाल सेरेस३ को कम्फर्ट र प्रिमियम भेरिएन्ट उपलब्ध गराउँदै आएको छ । जसको मूल्य क्रमशः ५० लाख र ५३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, तीन भेरिएन्टमा उपलब्ध सेरेस मिनी ईभीको मूल्य १४ देखि १८ लाख रुपैयाँसम्म पर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij