आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कुमारी बैंक अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

कुमारी बैंक अगुवाइमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं।  गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिकाबाट बग्ने मस्र्याङ्दी नदीमा एम.ए. पावर प्रा.लि.ले निर्माण गर्न लागेको ९० मेगावाटको अर्ध जलाशययुक्त मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

    कुमारी बैंक लिमिटेडको अगुवाइमा २०८२ साल वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतामा एम.ए. पावर प्रा.लि.का अध्यक्ष श्री अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत श्री क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त लगानीमा रु. १५ अर्ब १८ करोड ७५ लाखको ऋण सम्झौता गरिएको हो।

    आयोजनाको स्वपुँजी लगानीतर्फ श्री अनुप आचार्य, श्री हरिबाबु न्यौपाने र श्री दिपक बरालको रहनेछ। साथै, डोल्मा इम्प्याक्ट फण्डले संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने जानकारी अध्यक्षले दिएका छन्। यही समुहले सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना अन्तिम निर्माण चरणमा पुर्‍याइसकेको पनि जनाइएको छ।

    आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते विद्युत् खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न भइसकेको छ, र व्यापारिक उत्पादन सुरु गर्ने मिति २०८६ साल वैशाख २२ तोकिएको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (EIA) स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले जानकारी दिएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij