आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

चन्द्रमा मानव मिसनको दिशामा नयाँ अध्याय सुरु

चन्द्रमा मानव मिसनको दिशामा नयाँ अध्याय सुरु

सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
सजिलो पाना
बिहिवार, चैत्र १९ २०८२
  • काठमाडौं । चन्द्रमामा मानव पाइला पुगेको करिब ५४ वर्षपछि फेरि एकपटक चन्द्रमा मानव मिसनको दिशामा नयाँ अध्याय सुरु भएको छ ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो मानव मिसन आर्टेमिस–२ नेपाली समयअनुसार बिहीबार बिहान ३:५० बजे फ्लोरिडाबाट सफलतापूर्वक लन्च भएको हो ।

    यो मिसनमा क्रिस्टीना कोच, भिक्टर ग्लोभर, रिड वाइसम्यान र जेरेमी हेन्सेन सवार छन्, जसलाई एसएलएस रकेटमार्फत अन्तरिक्षमा पठाइएको छ ।

    यो १० दिनको यात्राले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट करिब ४.०६ लाख किलोमिटर टाढासम्म लैजानेछ, जुन हालसम्मकै सबैभन्दा लामो मानव अन्तरिक्ष यात्रा मानिएको छ ।

    आर्टेमिस–२ मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमाको नजिकसम्म जानेछन्, तर त्यहाँ अवतरण गर्ने छैनन् । यो एउटा परीक्षण मिसन हो, जसको उद्देश्य भविष्यका चन्द्र अभियानहरूका लागि आवश्यक प्रविधि र क्षमताहरूको परीक्षण गर्नु हो ।

    पूरा मिसन करिब १० दिनमा सम्पन्न हुनेछ र अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरी सुरक्षित रूपमा पृथ्वीमा फर्किनेछन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij