काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७.३७ अङ्कले घटेर २६१२ दशमलव ८९ को विन्दुमा पुगेको छ ।
बिहीबार ३२० कम्पनीका ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ रहेको छ




