आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

सजिलो पाना
बिहिवार, जेठ १ २०८२
सजिलो पाना
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने दाबी गरेका छन् ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई/चार दिनभित्रै नियुक्ति हुने बताएका हुन् । अब तलमाथि नभइकन केही दिनभित्रै गभर्नर नियुक्ति हुने उनको भनाइ छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको बताए ।

    ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफंग भयो । त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रुपमा थप्यौँ । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ,’ उनले भने, ‘ मन्त्रीज्यूको संयोजकत्वमा महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहनुभएको तीन सदस्य सिफारिस समिति गठन भएको छ । अब तलमाथि नभइकन दुई, चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij