आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज - ०२ जेठ २०८२ शुक्रवार को राशिफल

आज - ०२ जेठ २०८२ शुक्रवार को राशिफल

सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । आज २०८२ साल जेठ २ गते शुक्रबार। जेठ कृष्ण पक्षको चतुर्थी तिथि। 

    मेष : हजुरको उदार स्वभावले अरुलाई खुसी दिनेछ। कुनै ठूलो योजनामा ध्यान आकर्षित हुनेछ। दिन सकारात्मक भएको कारण लाभ उठाउने प्रयास गर्नुहोस। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    वृष : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    मिथुन : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

    कर्कट : दिन राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    सिंह : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    कन्या : दिन सामान्य छ। आज ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सुविधा प्राप्त हुनेछ।

    वृश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    धनु : मन प्रशन्न रहनेछ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने दिन छ।

    मकर : सञ्चित धन खर्च हुने दिन छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।

    कुम्भ : दिन सामान्य छ। रिसलाई नियन्त्रण गर्नु उचित हुनेछ। सञ्चित धन खर्च हुने योग छ। साढेसातको प्रभावका कारण भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ।

    मीन : महत्वकांक्षी योजनाहरू सफल हुनेछन्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ला। आजको शुभ रंग पहलो हो भने शुभ अंक २ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij