आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्टबीच सम्झौता

सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्टबीच सम्झौता

सजिलो पाना
आइतवार, जेठ ४ २०८२
सजिलो पाना
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्टबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै 'सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij