आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कजारियाको नयाँ सोरुम नवलपुरमा उद्घाटन

कजारियाको नयाँ सोरुम नवलपुरमा उद्घाटन

सजिलो पाना
आइतवार, जेठ ४ २०८२
सजिलो पाना
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं ।  भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै गैंडाकोट, नवलपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स  द्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष श्री अमृत भट्टचनको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि श्री बिकाश गौतमको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे।

    समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक श्री अभ्याश  भूषण तिवारीले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे। उनले भने, “हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ।”   

    नवलपुर जिल्लाको महत्वपूर्ण क्षेत्र गैंडाकोटमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यस शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij