आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सेन्ट्रल फाइनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न

सेन्ट्रल फाइनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न

सजिलो पाना
आइतवार, जेठ ४ २०८२
सजिलो पाना
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा २०८२ जेष्ठ ४ गते आइतबार सम्पन्न भएको छ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २८ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय तथा काठमाडौं शाखा सहित काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुरमा गरी जम्मा १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ।

    संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ। ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुंचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरूमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ। चुक्ता पूँजी ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप ७ अर्ब ३६ करोड र कर्जा ४ अर्ब ८९ करोड रहेको छ।
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij