आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल

आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल

सजिलो पाना
सोमवार, जेठ ५ २०८२
सजिलो पाना
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ कृष्ण पक्षको सप्तमी तिथि।

    मेष : आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।

    वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। तपाईंको प्रतिभाले समाजमा चर्चा पाउनेछ।

    मिथुन : तपाईंको बोली बिक्ने दिन छ। महत्त्वपूर्ण ठाउँमा तपाईंको तर्कमाथि बहस हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ ।

    कर्कट : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्दा नाफा आर्जन हुनेछ। विपक्षी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ।

    सिंह : चिन्ता बढ्ने दिन छ। आफ्नै कारणले व्यवहारमा समस्या आइपर्नेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको भने साथ र सहयोग मिल्नेछ।

    कन्या : दिन राम्रो छ। कृषि उपजको व्यापारमा राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदन हुनेछ। विपक्षी साथी शान्त भएकाले दिन सहज बन्नेछ।

    तुला : व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्ने भएकाले सचेत बन्नुपर्नेछ।

    धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्नेछ।

    मकर : आज तपाईंको मन प्रशन्न बन्नेछ। दैनिक काममा उत्साह बढ्नेछ। इज्जत र कुर्सी जोगाउन सम्पत्ति खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

    कुम्भ : सञ्चित धन खर्च हुनेछ। व्यापारीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    मीन : गरिरहेको कार्यलाई निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। प्रतिस्पर्धामा विजय हात लाग्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij