आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एसियाली मुलुकमा फेरि कोभिड–१९ फैलिँदै

एसियाली मुलुकमा फेरि कोभिड–१९ फैलिँदै

सजिलो पाना
सोमवार, जेठ ५ २०८२
सजिलो पाना
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फेरि देखा पर्न थालेको छ । खासगरी एसियाली मुलुकमा बिस्तारै संक्रमण फैलिन थालेको हो ।

    हङकङमा एक सातामै ३० प्रतिशत संक्रमण बढेको बताइएको छ । चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    हङकङमा १० मई २०२५ भन्दा एक साता अघि एक हजार ४२ जनामा कोभिड–१९ संक्रमण पाइएको थियो । त्यसको अघिल्लो साता यो सङ्ख्या ९७२ थियो । जबकि मार्चको सुरुवाती एक सातामा यो सङ्ख्या केवल ३३ थियो । मार्च यता हङकङमा कोभिड–१९ को संक्रमण लगातार बढ्दै गएको हो ।

    पोजेटिभिटी दर पनि लगातार बढ्दै गएको बताइएको छ । १ मार्चको अघिल्लो सातासम्म पोजेटिभिटी दर शून्य दशमलव ३१ प्रतिशत रहेकोमा ५ अप्रिलसम्म यो दर बढेर ५.०९ प्रतिशत पुगेको थियो । १० मईभन्दा अघिको सातामा यो दर बढेर १३.६६ प्रतिशत पुगेको बताइएको छ ।

    सिंगापुरमा पनि २७ अप्रिलको अघिल्लो साता ११ हजार १०० जना संक्रमित थिए । ३ मईको अघिल्लो सातासम्म यो सङ्या बढेर १४ हजार २०० पुगेको छ । अर्थात्, एक सातामै संक्रमण ३० प्रतिशतले बढेको थियो ।

    अस्ट्रेलियामा समेत कोभिड-१९ संक्रमण देखिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको समयमा अस्ट्रलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड-१९ संक्रमित भएका छन् । आईपीएल पुनः सुरु भए पनि संक्रमित भएकै कारण उनी भारत आउन ढिला हुने भएको सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जनाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij