आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन लघुवित्तको व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न

हिमालयन लघुवित्तको व्यवस्थापकीय क्षमता विकास तालिम सम्पन्न

सजिलो पाना
सोमवार, जेठ ५ २०८२
सजिलो पाना
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले म्यानेजरियल स्किल डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ । 

    वैशाख ३१ देखि जेठ २ गते सम्म कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारी सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।

    तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै मिहेनतको परिणाम भएकोले संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद सहित बधाई दिंदै नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा आफ्ना सेवाहरु प्रदान गरिरहेको परिवेशमा विगत केही वर्षदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोबलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए ।

    तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा सञ्चालकहरुले सहभागीहरुलाई आवश्यक मार्गनिर्देशन सहित तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुको जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    यो संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७९ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब १ अर्ब ५ करोड बचत संकलन गरी करिब ४ अर्ब ८८ करोड लगानी गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij