आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको ३ लाख २७ हजार १०८ दशमलव १८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    सेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा रहेको कानुन शाखामा निवेदन दिनुपर्नेछ।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij