आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कस्तो छ आजको राशिफल ?

कस्तो छ आजको राशिफल ?

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । आज २०८२ साल जेठ ७ गते बुधबार। जेठ कृष्ण पक्षको नवमी तिथि। 

    मेष : छोटो मिठो दुरिको यात्रा गर्नुहुनेछ। मित्रजनहरूसंग भेटघाटले मन प्रसन्न रहला। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष : स्वास्थ्यमा सुधार हुनेछ। डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : शिक्षामा प्रगति हुनेछ। बोल्दा तीन पटक सोच्नुपर्नेछ। बोली परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। साथीको साथ मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

    कर्कट : दिन सामान्य छ। साथीभाइ विपक्षी कित्तामा पुगेकाले सचेत बनेर काम गर्नुपर्नेछ। आफ्नै कामबाट असन्तुष्टि बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिको संगत गरेमा काम बन्ने योग छ।

    सिंह : परिवारसँग घुमघामको अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। आज दीर्घकालीन योजना अगाडि नबढाउनु उचित हुनेछ।

    कन्या : व्यापार व्यवसाय गर्नको लागि सामान्य दिन रहेको छ। विद्यार्थी वर्गहरूको लागि दिन सामान्य रहेको छ। मातापिताको आशीर्वाद लिएर अघि बढ्नुहोस् सफलता हात पार्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त रहेकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    वृश्चिक : दिन राम्रो छ। आफ्नो सन्तुष्टि अनुसार नै व्यवहार अगाडि बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

    धनु : जुनसुकै काम गरे पनि सहकार्यमा अगाडि बढाउनु उचित हुन्छ। व्यक्तिगत ढंगले अगाडि नबढ्नु उचित हुनेछ। मन खिन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

    मकर : धनलक्ष्मी योग परेको छ। प्राप्त सम्पत्ति सदुपयोग गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको अध्ययनले उचित स्थान पाउने दिन छ। परिवारमा मनमुटावको जोखिम छ।

    कुम्भ : दिन राम्रो छ। मन प्रफुल्ल बन्नेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। औषधी नियमित गर्न नसक्दा रोग बढ्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा दिन सहज बन्नेछ।

    मीन : शारीरिक रूपमा कमजोर रहने दिन रहेको छ। सवारी साधन चलाउँदा ध्यानपूर्वक चलाउनुहोला। दैनिक कार्यमा ढिलासुस्ती हुनेछ। माछालाई खाना ख्वाउनुहोस् दिन शुभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij