मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ–टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ ।
योसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ । साथै नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ ।
नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको हो ।
‘म्याक्सस इ–टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३ हजार ५१९ मिटर अर्थात् ११ हजार ५४५ फिट उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।
नेपालको इतिहासमै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको कम्पनीले जनाएको छ । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ ।
शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ–टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।
यसमा डुलल मोटर फोर डब्लूडी (अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट) छ । केबल ५.८ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा र उच्चतम गति १९० किलोमिटर प्रतिघण्टा छ । यसमा १०२.२ किलोवाटको एलएफपी ब्याट्री छ भने अधिकतम दायरा ५६० किमि छ । यसलाई फास्ट चार्जिङ्ग मार्फत २० देखि ८० प्रतिशतसम्म ४२ मिनेटमै चार्ज गर्न सकिनेछ । ८ वर्ष वा २ लाख किमीको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।
यसको ग्राउन्ड क्लियरेन्स २६० एमएम (इलेक्ट्रिोनिक एअर सस्पेन्ससहित) छ भने सबै भूभागका लागि ड्राइभमोडहरु रहेको छ ।
हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू–टोन लेदर सिट (मेमोरी सहित), डुअल १२.३” डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ल, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल, प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ लगायतका फिचरहरु छन् ।
यसमा २० वटा भन्दा बढी आधुनिक सुरक्षा फिचरहरु छन् । यूरो एनएसीएपि ५– स्टार रेटिङ, ९ वटा एयरब्याग, ३६० डिग्री सराउन्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन कीप असिस्ट, एईबी, विएसएम, आरसीटीए, टीपिएमएस, अटो होल्ड आदि छन् । पहिलो चरणमा बुकिङ्ग गर्नेहरुका लागि यसको मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।




