आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

२४१% ले बढ्यो सेरेस ग्रुपको पहिलो त्रैमासिकको नाफा

२४१% ले बढ्यो सेरेस ग्रुपको पहिलो त्रैमासिकको नाफा

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौँ । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१% नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ। यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केही मध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीहरूको श्रेणीमा उभ्याएको छ।

    कम्पनीको बिक्री रेभेन्यू पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ जसको मुख्य कारण यसको नवीन, ऊर्जा-कुशल सवारीहरूको मागमा भएको वृद्धि हो।

    नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूमा विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मेल खाने गरी नयाँ उचाइहरू छुने काम गरिरहेको छ।

    आय विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्य ३% ले बढेको छ जसले लगानीकर्ताहरूको कम्पनीप्रति रहेको विश्वास झल्काउँछ। आगामी दिनहरूमा सेरेसले अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ। यी सुधारहरूले चीनको कार्बन न्युट्रालिटी लक्ष्यमा योगदान गर्ने कम्पनीको मिसनलाई सहयोग गर्दछन्।

    विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा गरेको छ। यसले चीनबाहिर पनि विद्युतीय सवारीको रूपान्तरणमा सेरेसको अग्रणी भूमिकालाई पुष्टि गर्दछ। यसका साथै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेर न्यू इनर्जी भेहिकल बजारमा आफ्नो उत्कृष्टता र नवप्रवर्तन क्षमतालाई पुनः प्रमाणित गरेको छ।

    चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको छ। सेरेस ग्रुपले अग्रगामी र भविष्यमुखी रणनीतिमा केन्द्रित भई चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिका कायम राख्ने लक्ष्य लिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij