काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो ।
आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको छ ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आज बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।




