आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

फेरि बढ्दै कोभिड-१९ संक्रमण, नेपाल पनि उच्च जोखिममा

फेरि बढ्दै कोभिड-१९ संक्रमण, नेपाल पनि उच्च जोखिममा

सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं। केही वर्षअघि विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ भाइरसको संक्रमण फेरि देखिन लागेको छ। यसले महामारी पूर्ण रुपमा सकिएको नभइ नियन्त्रण भएको तर सुस्त रुपमा रहेको मानिएको छ।

    भारतमा पनि संक्रमण बढिरहेको अवस्थामा नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण स्थानीयबासीमा देखिएको छ ।

    भारत, हङकङ र सिङ्गापुर जस्ता एसियाली मुलुकहरूमा यसबाट संक्रमित हुनेको संख्या बढिरहेको पाइएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार २०२५ मे १२ यता भारतमा १६४ जना नयाँ संक्रमित भेटिएका छन्।सबैभन्दा धेरै संक्रमित केरला, महाराष्ट्र र तमिलनाडुमा पाइएका छन्।

    महाराष्ट्रमा दुईजनाको मृत्यु भएको सार्वजनिक भए पनि कोभिड संक्रमण नभइ अरू कारणबाट भएको मृत्यु भएको हुन सक्ने चिकित्सकहरूले बताएका छन्। दुबै मृतकको परीक्षण रिपोर्टमा भने कोभिड पोजिटिभ देखिएको जनाइएको छ।

    हङकङको स्वास्थ्य सुरक्षा केन्द्रका अनुसार त्यहाँ हाल संक्रमण बढिरहेको छ। अप्रिल २७ देखि मे ३ सम्म त्यहाँ अनुमानित संक्रमित संख्या १४ हजार २०० पुगेको छ। सिङ्गापुरमा पनि संक्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij