आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता कृष्ण अर्याल पक्राउ

सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता कृष्ण अर्याल पक्राउ

सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
सजिलो पाना
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारीबाट सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्।

    दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो।

    ऋण नतिरेर अटेर गरेपछि सहकारीले दायर गरेको मुद्दाको आधारमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध १ वर्ष कैद र ११ लाख ५० हजारको बिगो तथा जरिवाना हुने फैसला गरेको थियो।

    अदालतको फैसलापछि पनि संस्थाले अर्याललाई पटक पटक रकम भुक्तानी गर्न वा एकमुष्ठ भुक्तानी गर्न नसके ब्याज रकम तिरी नबिकरण गर्न आग्रह गरेको थियो। संस्थाले पटक-पटक आग्रह गर्दा पनि अर्यालले अटेर गरेपछि बाध्य भएर अदालतको फैसला कार्यान्वय गराउन पर्ने अवस्थामा पुगेको सस्थाका सचिब प्रल्हाद लोहनीले बताए। अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij