आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सजिलो पाना
शुक्रवार, जेठ २२ २०८३
सजिलो पाना
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।

    दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । 

    वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ । 

    विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिए। 

    विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij