काठमाडौं । आज २०८२ साल जेठ ९ गते शुक्रबार।
मेष : राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगितामा प्रतिद्वन्दीहरुबाट कडा टक्कर मिल्नेछ। वाणी र व्यवहारमा संयम बनाएर राखुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।
मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट : आत्मविश्वासमा वृद्धि हुनेछ भने कुनै अहम कार्यमा सफलता पनि मिल्नेछ। धार्मिक वा आध्यात्मिक गतिविधिमा समय बित्र्नेछ। पुरानो सफलताले अरु कार्यमा जोस जागर बढाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। संकटमा गुरुले साथ दिनेछन्।
कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।
तुला : दैनिकी सामान्य राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।
वृश्चिक : समय राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।
धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अर्कैले खानेछ। लगानी भए शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।
मकर : व्यवसायीहरुको लागि दिन लाभदायी रहनेछ। बोलीको प्रभावले प्रतिष्ठा बढ्नेछ। मेहनतले इच्छा र आकांक्षा पूरा हुनेछन्। दैनिक कार्यहरु सन्तुष्ट ढंगले सम्पन्न हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : दिन सामान्य राम्रो छ। झुटा आरोप लाग्ने जोखिम हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सामान्य प्रगति हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने योग छ।
मीन : व्यवसायीहरुको लागि दिन लाभदायी रहनेछ। बोलीको प्रभावले प्रतिष्ठा बढ्नेछ। मेहनतले इच्छा र आकांक्षा पूरा हुनेछन्। दैनिक कार्यहरु सन्तुष्ट ढंगले सम्पन्न हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक १ रहेको छ।




