काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (विपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर बवार्ड प्राप्त गरेको छ।
विभिन्न कम्पनीहरुले प्रकाशित गर्ने बार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा विकास बैंकहरुले प्रकाशित गरेको आ.व २०८१ ८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समुहबाट यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
मिति २०८३ असार १६ गते मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सि.ए. निल बहादुर सारु मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख श्री केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
ISO 9001:2015 ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा में ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा 'बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ 'डेभलपमेन्ट बैंक अफ द इयर २०२६'बाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैकिडू मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ।




