आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

सजिलो पाना
सोमवार, जेठ १२ २०८२
सजिलो पाना
सोमवार, जेठ १२ २०८२
  • काठमाडौँ । यामाहा नेपालले देशभरिका दक्ष प्रविधिकहरूको प्रतिभा, ज्ञान र समर्पणलाई सम्मान गर्दै ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ।

    यस राष्ट्रियस्तरीय प्रतिस्पर्धामा देशभरबाट छानिएका उत्कृष्ट सर्भिस टेक्निसियनहरू सहभागी भएका थिए।

    यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न प्रतियोगितामा सहभागी प्रविधिकहरूले यान्त्रिक परीक्षण, समस्या पहिचान, लिखित परीक्षा, भाइभा लगायतका चुनौतीहरू पार गरेका थिए। प्रतिस्पर्धाले उनीहरूको प्राविधिक दक्षता, सटीक मूल्यांकन क्षमता र ग्राहक सेवा प्रतिबद्धतालाई मापन गरेको थियो।

    प्रतियोगिताको अन्त्यमा यामाहाले विजेताहरूको घोषणा गरेको छ। जसमा बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोककी सुकदेव कुमार माझी विजेता घोषित भएकी छन् भने तिरुपति अटो प्यालेस, विराटनगरका रोनित श्रेष्ठ प्रथम उपविजेता भएका छन्।  त्यस्तै, जेएस अटोमोबाइल्स, सतुंगलका सागर त्वाती  र जीएसएस ट्रेडर्स, लम्कीका विनोध चौधरी दोस्रो उपविजेता भएका छन्। 

    यी विजेताहरूले यामाहाको सर्भिस नेटवर्कमा गुणस्तरीय सेवा दिनसक्ने क्षमता राख्ने मात्र नभई ग्राहक सन्तुष्टिमा उल्लेखनीय योगदान पुर्‍याउने प्रमाणित गरेका छन्।

    कार्यक्रममा एमएडब्लु राइड्सका सीईओ दीपक कुमार अग्रवालले भने, “यामाहा एक ब्रान्ड मात्र नभई प्रविधिमा आधारित उच्च स्तरीय मोबिलिटी समाधान हो।

    दक्ष प्रविधिकहरूमै उत्कृष्ट यामाहा अनुभवको आधार हुन्छ। हामी जनशक्तिमा लगानी गर्दै सही तालिम, उपकरण र अवसरमार्फत उनीहरूलाई सक्षम बनाउँदैछौं।”

    उनका अनुसार यो प्रतियोगिता प्रतिस्पर्धा मात्र नभई सिकाइ र विकासको महत्वपूर्ण पाटो हो, जसले ग्राहक सन्तुष्टि र ब्रान्ड प्रतिबद्धतालाई अझ सशक्त बनाएको छ।

    जापानी प्रविधिमा आधारित यामाहा नेपालले देशभर सशक्त सर्भिस नेटवर्कमार्फत उत्कृष्ट सेवा दिँदै आएको छ। दक्ष जनशक्ति विकासमार्फत यामाहा नेपालको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झनै मजबुत भएको स्पष्ट देखिन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij