आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

फेरि २० अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

फेरि २० अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सजिलो पाना
बुधवार, आषाढ २४ २०८३
सजिलो पाना
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । 

    बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब, २२ गते २० अर्ब, असार १९ गते २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।

    बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप संकलनबाट मौद्रिक व्यवस्थापनको साटो लामो अवधि अर्थात् एक वर्षको राष्ट्र बैंक ऋणपत्र धमाधम निष्काशन गरिरहेको छ । 

    वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत गर्नुपर्ने छ । ऋणपत्रको निष्कासन पनि गरिने जनाएको छ । यसको सावाँ भुक्तानी २०८४ असार २४ गते तोकिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij