काठमाडौं। साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ ।




