आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बैंकको नाम दुरुपयोग गरी हुन सक्ने ठगीबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको अनुरोध

बैंकको नाम दुरुपयोग गरी हुन सक्ने ठगीबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको अनुरोध

सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
सजिलो पाना
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम प्रयोग गरेर ग्राहकलाई ठगी गर्ने गतिविधि बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बैंकका अनुसार केही अनधिकृत व्यक्ति तथा ठगी गिरोहले केवाईसी अपडेट गर्ने बहानामा ग्राहकसँग ठेगाना, इमेल, बैंक खाता नम्बरलगायत व्यक्तिगत विवरण माग्ने, ह्वाट्सएप, भाइबर र मेसेन्जरमार्फत सम्पर्क गर्ने तथा ओटीपी पठाएर सो कोड माग्ने जस्ता गतिविधि गरिरहेका छन् ।

    बैंकले जारी गरेको सूचनाअनुसार ठगी गिरोहले ग्राहकलाई स्क्रिन सेयर गर्न लगाउने, अनधिकृत एप इन्स्टल गर्न लगाउने, फिसिङ लिङ्क पठाएर क्लिक गराउन खोज्ने तथा विभिन्न झुटा अफर र योजनाको प्रलोभन देखाएर आर्थिक ठगी गर्ने प्रयास गरिरहेका छन् ।

    यस विषयमा बैंकले स्पष्ट गर्दै राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा आधिकारिक प्रतिनिधिले केवाइसी अपडेट वा अन्य कुनै प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट एटिएम पिन, मोबाइल बैंकिङ तथा ई–बैंकिङको ओटीपी, इमेल पासवर्ड वा अन्य गोप्य व्यक्तिगत विवरण कहिल्यै नमाग्ने जनाएको छ ।

    बैंकले ग्राहकलाई यस्ता फोन, इमेल वा सामाजिक सञ्जालमार्फत आउने शंकास्पद सन्देशमा विश्वास नगर्न अनुरोध गरेको छ । कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरमार्फत मात्र जानकारी लिन तथा बैंकको आधिकारिक वेबसाइटबाट प्रकाशित सूचनालाई मात्र विश्वास गर्न आग्रह गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij