आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सम्झौता

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सम्झौता

सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको उत्तरढोकास्थित लोमस डिजिटल प्रालीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतासँगै सिटिजन्स बैंकका कार्डवाहक, प्रिभिलेज कार्डधारी तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले लोमस डिजिटलबाट उपलब्ध हुने व्हर्लपूल ब्रान्डका सामान तथा किचन प्रोडक्टहरूमा विशेष छुट पाउने बताइएको छ । 

    बैंकले यस सहकार्यबाट ग्राहकहरू नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रेरित हुने विश्वास लिएको छ। साथै, डिजिटल कारोबारको प्रवर्द्धन गर्दै ग्राहकलाई सहज र लाभदायक सुविधा उपलब्ध गराउने उद्देश्य राखिएको बैंकले जनाएको छ । 

    डिजिटल बैंकिङ प्रवर्द्धनमा अग्रसर सिटिजन्स बैंकले समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको छ। यसै सन्दर्भमा, डिजिटल कारोबार गर्दा पाइने छुट तथा अन्य जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

    हालै मात्र ‘बैंक अफ द इयर २०२४’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले केही समय अघि फोनपे सँग सहकार्य गर्दै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। यसका अतिरिक्त मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋण किस्ता तिर्ने सुविधा पनि बैंकले उपलब्ध गराएको छ।

    हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६८ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij