काठमाडौं । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ ।




