आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआईसी एशिया बैंक र रोयल टुलिप काठमाडौंबीच सम्झौता

एनआईसी एशिया बैंक र रोयल टुलिप काठमाडौंबीच सम्झौता

सजिलो पाना
मंगलवार, आषाढ ३० २०८३
सजिलो पाना
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र रोयल टुलिप काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली र रोयल टुलिप काठमाडौंका तर्फबाट सेल्स एण्ड मार्केटिङ निर्देशक कमल क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

    यस समझदारी अनुसार ग्राहकहरुले उक्त होटलमा खाद्य तथा पेय पदार्थ सेवाहरु उपयोग गर्दा १५ प्रतिशतको आकर्षक छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्न सनेछन् वा नगद भुक्तानीमा समेत उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

    उक्त होटलसँगको यस सहकार्यले ग्राहकरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij