काठमाडौं । आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले मूल्य घटेको हो । मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यमा गिरावट आउँदै गर्दा चाँदीको मूल्य पनि गिरावट आएको छ । केही दिनदेखि नै स्थिर बनेको चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।




