काठमाडौं । अघिल्लो दिन ६.११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो ।
आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडमा सीमित भयो ।




