काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका छन् । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् ।
विपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुखले धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई समय दिएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् बैठक अवरोध गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले गृहमन्त्री सम्बन्धमा छानबिन नभई संसद्को बैठक चल्न नदिने बताए ।




