आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

यामाहा नेपालद्वारा ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

यामाहा नेपालद्वारा ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट प्राविधिकहरूबीच प्रतिस्पर्धा गराउँदै ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सफलतापूर्वक सम्पन्न गरेको छ।

    काठमाडौंस्थित यामाहाको तालिम केन्द्रमा सम्पन्न यस प्रतियोगितामा क्षेत्रीय चरणबाट छानिएका प्राविधिकहरूले प्राविधिक परीक्षण, समस्या पहिचान, यान्त्रिक मूल्यांकन, लिखित परीक्षा र अन्तर्वार्ता जस्ता चरणमा प्रतिस्पर्धा गरेका थिए।

    प्रतियोगितामा विराटचोकको बी एन्ड बी अटो ट्रेडर्सका सुकदेव कुमार माझी पहिलो हुँदा विराटनगरकै तिरुपति अटो प्यालेसका रोनित श्रेष्ठ दोस्रो तथा काठमाडौंको सतुगंलको जेएस अटोमोबाइल्सका सागर त्वाती र कैलालीको लम्कीस्थित जीएसएस ट्रेडर्सका बिनोद चौधरी समान रुपमा तेस्रो भए।

    उनीहरूको उत्कृष्ट प्रदर्शनले सेवा गुणवत्ता, ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा दक्ष प्राविधिकहरूको महत्त्वलाई पुनः स्थापित गरेको यामाहा नेपालले जनाएको छ।

    एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले प्रतियोगिता अन्त्यमा भने, ‘यामाहा ब्रान्डमात्र होइन, प्रविधि, सटीकता र सेवाको प्रतीक हो। यस्तो प्रतियोगिता दक्ष जनशक्तिमा हाम्रो लगानी र विश्वासको प्रमाण हो।’

    यामाहा नेपालले जनशक्ति विकास, प्रविधि र उत्कृष्ट सेवाप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गर्दै देशभर ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij