आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अब लाइसेन्सका लागि मेडिकल गर्न यातायात कार्यालय जानु नपर्ने, अनलाइन ‘डाक्टर पोर्टल’ सञ्चालनको तयारी

अब लाइसेन्सका लागि मेडिकल गर्न यातायात कार्यालय जानु नपर्ने, अनलाइन ‘डाक्टर पोर्टल’ सञ्चालनको तयारी

सजिलो पाना
सोमवार, श्रावण ४ २०८३
सजिलो पाना
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गराउन सेवाग्राहीहरूले यातायात कार्यालयमै धाइरहनुपर्ने वाध्यता पनि अन्त्य हुने भएको छ ।

    सरकारले कार्यान्वयनमा ल्याएको नयाँ लाइसेन्स प्रणाली अन्तर्गत नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भएका इजाजतप्राप्त चिकित्सकले अनलाइन पोर्टलबाटै सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्न सक्ने व्यवस्था मिलाइने भएको हो ।

    यातायात व्यवस्था विभागले यसअघि बायोमेट्रिक्स भेरिफिकेसन र भुक्तानीका सबै प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था मिलाइसकेको छ । तर, स्वास्थ्य परीक्षणसम्बन्धी पोर्टल पूर्ण रूपमा सञ्चालन हुन बाँकी रहेकाले केही समयका लागि सम्बन्धित यातायात कार्यालयमै जानुपर्ने अवस्था छ । 

    यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको नयाँ लाइसेन्स प्रणालीको कोड विश्लेषण गर्दा सातै प्रदेशका लागि छुट्टाछुट्टै अनलाइन ‘डाक्टर पोर्टल’ तयार गरिएको फेला परेको छ । उदाहरणका लागि गण्डकी र बागमती प्रदेशका लागि क्रमशः edl-doctor.gandaki.gov.np र edl-doctor.bagmati.gov.np जस्ता वेबसाइट तयार पारिएका छन् । 

    यस व्यवस्था अन्तर्गत चिकित्सकले आफ्नो विवरणमार्फत पोर्टलमा लगइन गरी सेवाग्राहीको स्वास्थ्य परीक्षण सम्बन्धी प्रतिवेदन सिधै अनलाइन प्रणालीमा अद्यावधिक (अपडेट) गर्न सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij