आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनएमबि बैंकको सेवा झन् स्मार्ट, नागरिक एपबाटै अनलाइन फाराम भर्न मिल्ने

एनएमबि बैंकको सेवा झन् स्मार्ट, नागरिक एपबाटै अनलाइन फाराम भर्न मिल्ने

सजिलो पाना
सोमवार, श्रावण ४ २०८३
सजिलो पाना
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवा अझ सहज र छिटो उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको सूचना प्रविधि विभाग (DOIT) सँग सहकार्य गरेको छ ।

    यो सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवाका लागि आवश्यक फाराम सजिलै भर्न सक्नेछन् । यसले व्यक्तिगत विवरण पटक–पटक टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया पनि कम हुने बैंकले जनाएको छ ।

    बैंकका अनुसार नयाँ व्यवस्थाले अनलाइन आवेदन प्रक्रिया छिटो, सरल र प्रयोगकर्ता–मैत्री बन्नेछ । साथै, सेवा लिन लाग्ने समय पनि घट्ने अपेक्षा गरिएको छ । ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षालाई प्राथमिकता दिँदै बैंकले ग्राहकको स्पष्ट सहमतिबिना नागरिक एपमा रहेको कुनै पनि विवरण हेर्न वा प्रयोग नगर्ने जनाएको छ । 

    ग्राहकले अनुमति दिएपछि मात्रै आवश्यक जानकारी सम्बन्धित सेवाका लागि प्रयोग गरिने व्यवस्था गरिएको छ । एनएमबि बैंकले यो सहकार्यलाई नेपालमा विकास हुँदै गएको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (DPI) को प्रभावकारी उपयोगका रूपमा लिएको छ ।

    बैंकका अनुसार यसले देशभरका सेवाग्राहीलाई थप सुरक्षित, छरितो र झन्झटरहित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न सहयोग पुग्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij