आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार

सजिलो पाना
सोमवार, श्रावण ४ २०८३
सजिलो पाना
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । एनसेलले आफ्ना ग्राहकका निम्ति एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।

    बहुउपयोगी सेल्फ सर्भिस एपका रूपमा स्थापित भइसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसेलले यो अफर सञ्चालनमा ल्याइएको जनाएको छ । यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

    यो अफरमार्फत ग्राहकले पार्टनर्ड सभिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अरू विभिन्न फाइदा उपहारका रूपमा प्राप्त गर्न सक्छन् । प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने कम्पनीको विश्वास छ ।

    ग्राहकलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्ट तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुटलगायत छन् ।

    “हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ । ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलोपटक ल्याइएको गेमिफाइड सुविधा हो, जसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रो डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरू जित्ने अवसर पनि प्रदान गर्छ,” एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

    एनसेलका अनुसार, यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

    आफ्नो डिजिटल–फर्स्ट रणनीति अनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्दै दैनिक जीवनमा यसको थप महत्त्व सिर्जना गर्न निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ ।

    ‘शेक एन्ड विन’ अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै कम्पनीका डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना बढाउने विश्वास लिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij