काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४१.१७ अंकले बढेर परिसुचक २७१९मा कायम भएको छ । अघिल्लो कारोबारमा पनि बजार ७९ अंकले बढेको थियो ।
यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकामा आज ५ अर्ब ५० करोडको कारोबार भयो ।




