आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

४६ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

४६ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

सजिलो पाना
बुधवार, श्रावण ६ २०८३
सजिलो पाना
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले नाफा बढेको हो ।

    बैंकको खुद नाफा, प्रति सेयर आम्दानी र वितरणयोग्य नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ । गत असार मसान्तसम्ममा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको यस्तो नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो । 

    बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २ अर्ब ७ करोड रहेकोमा गत आर्थिक वर्ष १६.८३ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा उल्लेख्य रूपमा घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको यस्तो चार्ज ३४ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij