आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शिक्षामन्त्री सस्मित पोखरेल भन्छन्,‘आइतबारको बिदा खारेज हुँदैन’

शिक्षामन्त्री सस्मित पोखरेल भन्छन्,‘आइतबारको बिदा खारेज हुँदैन’

सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । आइतबारको बिदा खारेज नहुने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा खारेज नहुने बताएका हुन् ।

    सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न समिति गठन गरेपछि आइतबारको बिदा खारेज हुने चर्चा चलेको थियो । तर, सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आइतबारको बिदा खारेज हुने चर्चा सत्य नभएको बताएका छन् । 

    उनले आइतबारको बिदा यथावत् रहने बताए । उनले अन्तराष्ट्रिय अभ्यासमा पनि प्रायः दुई दिन बिदा दिइने उल्लेख गर्दै सरकारले आइतबारको बिदा तत्काल हटाउनेबारे नसोचेको बताएका छन् । 

    सरकारले गत चैत २२ गतेदेखि हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij