आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र

सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं। धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ ।

    धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो ।

    अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् । ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो,’ पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो । त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं ।’

    दबाब कसले दियो भन्ने कुरा भने पन्तले खुलाएन । बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पन्तलाई डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन अनुरोध गरेका थिए ।

    व्यवस्थापन समितिले धर्मशाला छाड्न पत्र नै थमाएपछि डाक्टर गोविन्द केसी विकल्पबारे छलफल गरिररहेको उनका सहयोगी डा.अमृत जैशीले बताए ।

    जैसीले डाक्टर केसी पूर्व जानकारी दिएरै धर्मशालामा अनसन बसेको तर अहिले व्यवस्थापन समितिले के–कति कारण ठाउँ छाड्न भन्यो भन्ने कुरा थाहा नभएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij