शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सुनसरीको देवानगञ्जमा दुई दिन शोक बिदा

सुनसरीको देवानगञ्जमा दुई दिन शोक बिदा

सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार (साउन ११–१२) शोक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।

    देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार (साउन १०) राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।

    यी दुई दिन देवानगञ्ज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको अध्यक्ष मेहताले जारी गरेको सूचनामा जनाइएको छ ।

    गोली लागेर युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न पाँच ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीको दक्षिण क्षेत्रस्थित पाँच स्थानमा अर्को सूचना जारी नभएसम्मका निम्ति कर्फ्यु आदेश जारी गरिएको हो । सोमबार (साउन ११) बिहान ७ बजेदेखि कर्फ्यु आदेश लागु भएको छ ।

    shok-bida-suchana1-1785125850-543x768.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij