आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ ले जित्यो अन्तर्राष्ट्रिय 'गोल्डेन ए’ डिजाइन अवार्ड

नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ ले जित्यो अन्तर्राष्ट्रिय 'गोल्डेन ए’ डिजाइन अवार्ड

सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको चांगानको प्रिमियम एसयूभी दिपल निभो क्यू०५ ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित 'गोल्डेन ए’ डिजाइन अवार्ड जितेको छ। आधुनिक डिजाइन, स्मार्ट प्रविधि र प्रयोगकर्ताकेन्द्रित अवधारणाका आधारमा क्यू०५ लाई यो सम्मान प्रदान गरिएको हो ।

    'गोल्डेन ए’ डिजाइन अवार्ड विश्वभरका उत्कृष्ट उत्पादन डिजाइन, नवप्रवर्तन र प्राविधिक सिर्जनशीलताको मूल्यांकन गरी प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड हो । परम्परागत डिजाइन अवधारणालाई नयाँ दिशा दिने र प्रयोगकर्ताको आवश्यकता सम्बोधन गर्ने उत्पादनलाई यस अवार्डका लागि छनोट गरिन्छ ।

    चांगान ग्लोबल डिजाइन सेन्टरले विकास गरेको निभो क्यू०५ ले कम्पनीको स्मार्ट तथा न्यून कार्बन मोबिलिटी रणनीतिलाई प्रतिनिधित्व गर्ने बताइएको छ । सवारी डिजाइन, डिजिटल प्रविधि, प्रयोगकर्ता अनुभव, सामग्री छनोट र इन्जिनियरिङ पक्षलाई समेटेर तयार गरिएको यो एसयूभीले अन्तर्राष्ट्रिय बजारमा डिजाइन उत्कृष्टताको पहिचान बनाएको कम्पनीको दाबी छ ।

    निभो ब्रान्डलाई चांगानले नयाँ पुस्ताका उपभोक्ताका लागि ‘स्मार्ट मोबिलिटी कम्प्यानियन’का रूपमा विकास गरिरहेको छ । पर्याप्त स्पेस, आधुनिक प्रविधि, आरामदायी यात्रा, भरपर्दो रेन्ज र सहज चार्जिङ सुविधा यसको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।

    क्यू०५ को डिजाइनमा आधुनिक एसयूभीको आकर्षक स्वरूपसँगै पारिवारिक प्रयोगलाई ध्यानमा राखिएको छ । दैनिक यात्राका आवश्यकता, स्मार्ट कनेक्टिभिटी र ऊर्जा दक्षतालाई केन्द्रमा राखेर यो सवारी विकास गरिएको हो ।

    १६३ वर्षको औद्योगिक इतिहास र ४१ वर्षको सवारी उत्पादन अनुभव रहेको चांगान अटोमोबाइलले पछिल्लो समय विद्युतीय तथा स्मार्ट सवारी उत्पादनमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।

    दिपल निभो क्यू०५ नेपालमा आयोजना हुने नाडा अटो सो मार्फत सार्वजनिक हुने तयारीमा रहेको छ । नेपाली बजारमा प्रवेशसँगै यो एसयूभीले प्रिमियम विद्युतीय सवारी क्षेत्रमा नयाँ प्रतिस्पर्धा थप गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij