आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता

सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    सोमबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार नगरपालिकाका करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा सहभागी गराइनेछ। योजनाअन्तर्गत प्रत्येक कर्मचारीका लागि नगरपालिकाले मासिक दुई हजार पाँच सय रुपैयाँ र कर्मचारी स्वयंले पनि दुई हजार पाँच सय रुपैयाँ योगदान गर्नेछन्। यसरी प्रतिकर्मचारी मासिक पाँच हजार रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुनेछ।

    कोषका अनुसार सहभागी कर्मचारीले तोकिएको अवधिसम्म योगदान गरेपछि प्रचलित नियमअनुसार एकमुष्ट रकम लिन वा ६० वर्ष उमेर पूरा भएपछि मासिक पेन्सन सुविधा प्राप्त गर्न सक्नेछन्।

    पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले पेन्सन सुविधा पाउने व्यवस्था छ। दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइनेछ।

    सम्झौताअनुसार योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी तथा व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी नागरिक लगानी कोषलाई उपलब्ध गराउनेछ। कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित कर्मचारीले आफ्नो खाता व्यक्तिगत रूपमा सञ्चालन गर्न वा प्रचलित व्यवस्था अनुसार संचित रकम फिर्ता लिन सक्ने व्यवस्था पनि गरिएको छ।

    नागरिक लगानी कोषले विभिन्न सरकारी तथा स्थानीय तहसँग सहकार्य गर्दै नागरिक पेन्सन योजनाको दायरा विस्तार गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij