आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ १४ गतेदेखि संस्थापक सेयरधनी खेमराज लामिछानेको नाममा रहेको ३ लाख ३९ हजार ४ सय ८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । आवेदन आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    सो सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले उल्लेख गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij